काठमाडौँ ।
सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जनप्रसाद कोइरालाले थुनामुक्तको माग गर्दै दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले पेसी तोकेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो।
श्रीमती गीता ढकालको हत्या अभियोगमा जन्मकैद सजाय भोगिरहेका कोइरालाले आफूले ६० प्रतिशत कैद भुक्तान गरिसकेको दाबी गर्दै रिहाइको माग गरेका छन्। उनले २०८१ साउन ३० गतेसम्म ५९ प्रतिशत कैद भुक्तान गरिसकेको र अन्य कैदीले छुट पाउँदा आफू वञ्चित भएको जिकिर गरेका छन्।
०६८ माघ ८ मा पक्राउ परेका कोइरालालाई काठमाडौँ जिल्ला अदालतले ०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो, जसलाई पुनरावेदन अदालत पाटनले ०७२ मङ्सिर २३ मा सदर गरेको थियो। पछि सर्वोच्च अदालतले २०७७ असार १५ मा सजाय घटाएर ८ वर्ष ६ महिना कायम गरे पनि पुनरावलोकनपछि उनी पुनः कारागार चलान भएका थिए। हाल सोही विषयमा दायर रिटमाथि सर्वोच्चमा सुनुवाइ हुन लागेको हो।











प्रतिक्रिया