नेपाली बजारमा सुन प्रतितोला १,१०० ले वृद्धि, चाँदी पनि महँगियो


काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको मूल्य प्रति १० ग्राम २ लाख ६२ हजार ८६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि वृद्धि भई प्रतितोला ५ हजार २९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन ५ हजार २४० रुपैयाँ थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनका आधारमा नेपाली बजारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण गरिन्छ।