बझाङका शमशेर चदारा पहिलो बेलायती सेना 

0
Shares

“दाइ भन्छन् म र मेराे परिवारले गरेको सङ्घर्षको मिठो फल पाइयो । अझै सुखशान्ति समृद्धिको कामना छ मेराे प्यारो भाइ”गाेफ्लु”(मायाले बोलाउने नाम)”

बझाङ। 

नेपालीको ईमान र साहस वीरताको प्रतीक मानेर विगत लामो बर्षदेखि नेपाली युवाहरू बेलायती सेनामा भर्ना हुन पाउने अवसर मिलेदेखि नेपालका विभिन्न जिल्ला बाट बेलायती सेनामा भर्ना गर्ने गरिएको थियो । एक उदाहरणीय समाजको पात्र बनेका छन् ।  बझाङको तलकाेट गाउँपालिका वडानं १ का २० बर्षिया शमशेर चदारा बझाङको पहिलो ब्रिटिस आर्मी बनेका छन् । 

हाम्रो समाजको तल्लाे नजरमा रहेको दलित समुदायका शमशेर चदारा बझाङ जिल्लाकै पहिलो ब्रिटिस्(बेलायती सेना) सेनामा नाम निकाल्न सफल भएका छन् । 

तलकाेट गाउँपालिका वडानं १ सेरागाउँ दलित बस्तीमा जन्मेका २० बर्षिया शमशेर चदारा पहिलो प्रयासमै बेलायती सेनामा नाम निकाल्न सफल भएका हुन् । 

मान्छे जातपात,बर्णले सानाे ठूलाे हुदैन् भन्ने पुष्टि भएको छ । तन मन र कर्म स्वच्छ सफा सत्कर्ममा लाग्यो भने फल मीठ्ठै पाइन्छ भन्ने एक उदाहरण भएको छ । 

बुवा जलाती चदारा र आमा बिमला चदाराकाे काेखबाट जन्मेका शमशेर चदारा अहिले एक विश्वकै उत्कृष्ट बेलायती सेनामा भर्ना भएका छन् । 

उनका दाइ सन्तोष चदारा भन्छन् – भाइ र  घरपरिवारकाे सपना र जिम्मेवारी पूरा गर्न ६ बर्ष गाैर्वशाली सङ्गठन नेपाल प्रहरीमा जागिर गरे,पढ्दा पढ्दै “ईपिएस”मा दक्षिण काेरीयामा राेजगारीकाे लागि नाम निस्याे अहिले म काेरियामै छु । राेजगारीकाे सिलसिलामा दक्षिण कोरियामा रहेका दाई सन्तोष चदारा भन्छन् “म अहिले एकदमै खुसी छु,भाईलाई सानै पाँच कक्षामा पढ्दै गर्दा काठमाडौँ लिएर आए,पढाए अहिले राम्रो सफलता हासिल गर्याे । म र मेराे परिवारले गरेको सङ्घर्षको मिठो फल पाइयो” काेरीयाबाट सन्तोष चदारा ब्रिटिस आर्मीका दाइ भन्छन् । अझै सुखशान्ति समृद्धिको कामना छ मेराे भाइ निकनेम मायाले बोलाउने नाम”गाेफ्लु” लाई । 

 शमशेर चदाराले बेलायती सेनामा नाम निकालेपछि बझाङ बाट बुवा आमा बधाई तथा शुभकामना दिन ब्रिटिश आर्मी शिक्षालय पाेखरा गएर खुसी साटासाट गरेका छन् । एक गरिब परिवारमा जन्मेर बेलायती सेनामा भर्ना भए पछि छिमेकी र जिल्ला बासी एक सकरात्मक ऊर्जा लिएर खुसी भएका छन् । तलकाेट गाउँपालिका वडानं १ का  छिमेकी नेपाल तरुण दल बझाङका युवा नेता राेशाेन कुँवर राणा भन्छन् । हाम्रै नजिकै घर छ । हामी बिहान खाना खाएपछि साझ के खाउ भन्ने चिन्ता बाेकेर दु:ख कष्ट  झेल्दै आएका ब्यक्ति हाैं । भाइले बेलायती सेनामा नाम निकालेकाेेमा हामी सबै हर्षित भएका छाै छिमेकी राेशन कुवले बताए । कुँवरले भने संघर्ष गर्याे भने संसारमा असम्भव भन्ने कुनै पनि चिज या बस्तु हुदैन् । सबै सफलतामा पाउन सकिन्छ भन्ने प्रमाणित भएको छ ।