जेन्जी आन्दोलनका क्रममा हिरासतबाट भागेका व्यक्ति लागूऔषधसहित पक्राउ


काठमाडौँ।

जेन्जी आन्दोलनका क्रममा प्रहरी वृत्त बानेश्वरको हिरासतबाट फरार भएका एक व्यक्तिलाई सशस्त्र प्रहरीले लागूऔषधसहित नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोको विशेष टोलीले मंगलबार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँ पार्टी क्षेत्रबाट धनकुटा जिल्लाको पाख्रीनवास नगरपालिका–५ निवासी अन्दाजी ३१ वर्षीय डिल्ली बहादुर कटुवाललाई २९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

मंगलबार दिउँसो करिब साढे १ बजे नियन्त्रणमा लिइएका कटुवालको साथबाट लागूऔषध तौल गर्ने मेसिन एक थान, मोबाइल एक थान तथा नगद पाँच हजार रुपैयाँ समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

नियन्त्रणमा लिइएका व्यक्तिलाई बरामद लागूऔषध तथा सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।