रौतहट ।
शान्ति स्थापनाका लागि थाई भिक्षुसहित २८ जनाको टोली रौतहटको चन्द्रपुर बाट मङ्गलबारदेखि लुम्बिनीसम्मको पैदल यात्रामा निस्केका छन् । दुई दिन अघि मात्रै रौतहटको चन्द्रपुर नगरपालिका वडानम्बर १ मा रहेको गोल्माराजा बुध्द बिहारमा आइपुगेको थाइल्यान्डका भिक्षुहरू सहितको टोली मङ्गलबारदेखि शान्ति, अहिंसा र मानव एकताको सन्देश विश्वभर फैलाउने उद्देश्यसहित भगवान् बुद्धको जन्मस्थल लुम्बिनीसम्म हजारौँ माइलको पैदल महान् धम्म यात्रा सुरु गरेका हुन।

भारतको आसाम र त्रिपुरा हुँदै नेपालको रौतहटस्थित चन्द्रपुर नगरपालिकाको बुध्द बिहारमा आइपुगेका थाईल्याण्डका २२ जना भिक्षुहरूको अलावा लाओस, भारत र नेपालका गरी २८ जनाको टोली ‘शान्तिको लागि धम्म यात्रा—भगवान् बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ पुगी पैदल यात्राबाट बिश्राम लिनेछन । थाईल्याण्डको वाट थम्पायल बिहार, थाइल्यान्डका प्रमुख भिक्षु आचान सुफित भन्तेको नेतृत्वमा सुरु भएको शान्तिको लागि पैदल यात्रा फाल्गुण १० गते भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर पुजापाठ गरी उनीहरु आ–आफ्नो देश फर्कनेछन् ।
गोल्माराजा बुद्ध बिहार, चन्द्रपुर–१ का भन्ते मेधकर स्थविरका अनुसार शान्ति, सहअस्तित्व र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले १५ दिनको पैदल यात्रा हुनेछ ।











प्रतिक्रिया