रिलायन्स फाइनान्सको सीईओमा मल्ल


काठमाडौं ।

रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. बुद्धि मल्लले नियुक्त भएका छन् । मल्लको व्यावसायिक क्षेत्रमा ३२ वर्ष र बैंकिङ क्षेत्रमै २६ वर्षको अनुभव रहेको छ ।

मल्लसँग यसअघि ओम फाइनान्स र राइजिङ डेभलपमेन्ट बैंकमा सीईओ तथा ओम डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकमा त दोस्रो वरीयतामा रहेर काम गरेको अनुभव छ ।

पछिल्लो समय उहाँले एनएमबि बैंकमा विभागीय प्रमुखका रुपमा काम गरेको अनुभव छ । मल्लले बैंकिङ करिअरकै बीचमा विद्यावारिधी (पिएचडी) पूरा गरेका थिए । उनको शोध क्रेडिट रिस्क म्यानेजमेन्ट रहेको छ ।