वीरगन्ज।
वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सोमबार बिहान सशस्त्र प्रहरीको छापा मार्दा तस्कर समूहले आक्रमण गर्दा ३ जना प्रहरी घाइते भएका छन्।सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो।
सो क्रममा अवैध रूपमा भण्डार गरिएको करिब ७ लाख मूल्य बराबरको कपडा बरामद गरिएको छ।सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिँदै भने, “कपडा बरामद भएपछि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको थियो। यसमा हाम्रो एउटा वानटन र एउटा स्कार्पियो गाडीमा क्षति पुगेको छ भने ३ जना प्रहरी घाइते भएका छन्।
”घाइते प्रहरीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको र घटनामा संलग्न तस्करहरूको खोजी तथा पक्राउ गर्न टोली सक्रिय रहेको बताइएको छ।











प्रतिक्रिया