सिन्धुली ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कम्युनिष्ट पार्टी नै देशको नयाँ पार्टीको रुपमा रहेको बताउनुभएको छ । नेकपा सिन्धुलीले आज आयोजना गरेको निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले विचार र राजनितिक मुद्धाको आधारमा देशको नयाँ पार्टी नेपाली कम्युनिष्ट पार्टी मात्रै रहेको बताउनुभएको हो ।
उहाँले नाम, चुनाव चिह्नले मात्रै नभइ गणतन्त्र, संघियता, समावेशी, समानुपातिक लगाएतका राजनितिक मुद्धाको वाहक नेपाली कम्युनिष्ट पार्टी मात्रै देशको नयाँ पार्टी भएको जिकिर गर्नुभयो । ‘जसको विचार नयाँ छ, जसको राजनितिक मुद्धा नयाँ छ, त्यही नयाँ हो । गणतन्त्र, संघियता, समावेशी, समानुपातिक भन्दा नयाँ राजनितिक मुद्धा कुनै छैन नेपालमा । ती सबै मुद्धाको वाहक नेपाली कम्युनिष्ट पार्टी नै हो । त्यस कारण नेपाली कम्युनिष्ट पार्टी नै नयाँ शक्ति हो’ उहाले भन्नुभयो ।
नयाँ विचार, मुद्धा केही नभएका दलहरु अहिले सामाजिक सञ्जालमा नयाँ भनेर स्टन्ड गर्दै जनतामा भ्रम छरी रहेको संयोजक प्रचण्डको आरोप छ । पुँजीपतिहरुको दाषी, नवउदारवाद नितिका पक्षधर, दलालहरुको इसारामा चल्ने दलहरुलाई नयाँ भन्न नमिल्ने उहाँले बताउनुभयो । सामाजिक सञ्जालमा नयाँ भनेहरुको गणतन्त्र ल्याउन केही भुमिका नरहेको संयोजक प्रचण्डको भनाई छ ।
सरकार हुदाँ वा नुहदाँ पनि भ्रष्टाचार, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा नेपाली कम्युनिष्ट पार्टीले खेलेको भुमिका इतिहासमा दर्ज भएर रहने संयोजक प्रचण्डको दावी छ । उहाँले घर–घरमा पुगेर पार्टीले गरेको राम्रा कामहरुको मसिनो ढंगले मतदातालाई बुझाउन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।











प्रतिक्रिया