‘दोस्रो विजयोपहार तथा मुक्ताकाशका सितरा’ पुस्तक लोकार्पण


काठमाडौं ।

नेपाली मुक्तक साहित्यको पुस्तक ‘दोस्रो विजयोपहार तथा मुक्ताकाशका सितरा’ शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। कार्यक्रममार्फत मुक्तक साहित्यकार उषा शेरचन, काठमाडौं महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोललगायत विशिष्ट व्यक्तिहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो।

पुस्तकको लोकार्पण गर्दै साहित्यकार उषा शेरचनले नेपाली मुक्तक साहित्यको यात्रामा आजको दिन ऐतिहासिक रहेको बताउनुभयो। उहाँले मुक्तक साहित्यको विकास र प्रवर्द्धनमा पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।