काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी दिनमा सिंहदरबार नजल्ने र सरकारले नागरिकमाथि गोली नचलाउने ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भाद्र २३ र २४ का घटनाको सन्दर्भ उल्लेख गर्दै आगामी निर्वाचनपछि देशलाई सुरक्षित र स्थिर बनाउने जिम्मेवारी कांग्रेसले लिने बताए।
देशभित्रको अविश्वासलाई विश्वासमा बदल्ने, सबै वर्ग र समुदायसँग संवाद गर्ने तथा देशभित्र र बाहिर रहेका नागरिकसँग सहकार्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।











प्रतिक्रिया