“चीनको १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले विकास र लगानीमा अवसर लिन सक्ने”


काठमाडौँ ।

नेपाल–चीन सम्बन्धका विज्ञहरूले चीनको आगामी १५ औँ पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष लाभ उठाउनुपर्ने बताएका छन्। ‘फ्रेण्ड अन क्लाउड’ले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा चीनको विकास सम्बन्धी अध्येता एवं अनुसन्धानकर्ता रोयल आचार्यले आफ्नो कार्यपत्रमा योजना र नेपालका अवसरबारे प्रस्तुत गरेका हुन्।

उनको कार्यपत्रमा चीनको १५ औँ पञ्चवर्षीय योजनाका विशेषताहरू जस्तै राष्ट्रिय सुरक्षा र दिगो विकास, युवा केन्द्रित नीति, सीपमा आधारित नीति, सेवामूलक क्षेत्रमा ध्यान, कृषिमा आधारित उत्पादन, गुणस्तरीय उत्पादन, ग्रामीण विकास र लगानीको अवसर समेटिएका छन्।

कार्यपत्रमाथि डा. रघु वाग्ले र डा. मुक्ति रिजालले पनि टिप्पणी गरेका थिए। यसले नेपाल–चीन बीचको आर्थिक र विकास सहयोगका नयाँ आयामहरू पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।