प्रधानमन्त्री कार्कीद्वारा अभिनेता सुनिल थापाको निधनमा शोक


काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले लोकप्रिय नेपाली अभिनेता सुनिल थापाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गरेकी छन्। उनले शोक सन्देश जारी गर्दै भनेकी छन् कि थापाका हरेक चरित्र दर्शकका स्मृतिमा सदैव जीवित रहनेछन्।

प्रधानमन्त्री कार्कीका अनुसार थापाको चार दशकभन्दा बढी समयको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत हुनेछ।

उनले अभिनेता थापालाई नेपाली र भारतीय चलचित्र क्षेत्रले बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको बताएकी छन्। ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्म उनका खलनायक र सहनायकका भूमिकाले करोडौँ दर्शकको मन जितेका थिए।