कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा


काठमाडौँ । 

जेन–जी आन्दोलनको क्रममा ध्वस्त भएको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। शनिबारदेखि पुनः खुला गरिएको सो सुपरमार्केटको शुभारम्भ भाटभटेनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले गर्नुभयो।

शुभारम्भका क्रममा उहाँले भविष्यमा नेपालमा यस्ता घटना दोहोरिन नदिन भगवानसँग प्रार्थना गर्नुभएको बताउनुभयो। जेन–जी आन्दोलनका बेला भाटभटेनीमा आगजनी गरिएको घटना दुःखद् भए पनि त्यसप्रति पश्चाताप गरेर बस्ने पक्षमा आफू नरहेको उहाँको भनाइ छ।

आन्दोलनका क्रममा क्षति पुगेका १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरको भाटभटेनी पहिलोपटक पुनः सञ्चालनमा आएको हो।