निर्वाचनः स्थिरताको आशा कि संरचनात्मक संकटको निरन्तरता?


काठमाडौं ।

इटालीका प्रख्यात मार्क्सवादी दार्शनिक एन्टोनियो ग्राम्सीले ‘प्रिजन नोटबुक्स’ मा वर्णन गरेको संक्रमणकालीन समाजको चित्र आजको नेपाली राजनीति र समाजसँग मेल खान्छ। “पुरानो मरिरहेछ, तर नयाँ जन्मिन सकेको छैन” भन्ने ग्राम्सीको कथन वर्तमान अवस्थामा झनै सान्दर्भिक देखिन्छ।

आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनलाई धेरैले राजनीतिक स्थिरताको सुरुआतका रूपमा व्याख्या गरे पनि राजनीतिक समाजशास्त्र र अन्तर्राष्ट्रिय सम्बन्धको दृष्टिले हेर्दा यो समाधानभन्दा बढी गहिरो संरचनात्मक संकटको अर्को अध्याय मात्र हुन सक्ने विश्लेषण गरिएको छ।

सतहमा लोकतान्त्रिक अभ्यासजस्तो देखिने निर्वाचनले राज्य, समाज र शक्तिसन्तुलनमा विद्यमान जटिल समस्यालाई सम्बोधन गर्न सक्ला वा नसक्ला भन्ने प्रश्न अझै अनुत्तरित नै छ।