तीन एजेन्डासहित कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि बस्दै


काठमाडौँ ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज आइतबार बिहान ८ः३० बजे जुममार्फत बस्ने गरी बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयका अनुसार बैठकमा समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ। बैठकमा प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ तथा केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।