काठमाडौं ।
अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन्। संयुक्त वक्तव्य अनुसार, अमेरिकाले भारतीय उत्पादनमा लगाइने ट्यारिफ ५० प्रतिशतबाट घटाएर १८ प्रतिशत गर्ने सहमति जनाएको छ।
भारतका वाणिज्य मन्त्री पीयूष गोयलका अनुसार, यो सम्झौताले भारतीय निर्यातकर्ताहरूलाई झन्डै ४३३ खर्ब नेपाली रुपैयाँ बराबरको बजार खोल्नेछ।
ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा पनि भारतले रुसी तेल आयात बन्द गर्ने, अमेरिकी ऊर्जा खरिद गर्ने र आगामी १० वर्षमा रक्षा सहयोग विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
अन्तरिम व्यापार सम्झौताले दुवै देशबीच व्यापार सर्तहरू र ‘रेसिप्रोकल ट्यारिफ’को ढाँचा तय गरेको छ। यसले दुवै देशका व्यवसायिक साझेदारीलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया