धादिङ ।
जिल्ला निर्वाचन कार्यालय धादिङले नीलकण्ठ बालमन्दिर माविमा नमुना मतदान गरेको छ ।
मतदाताहरुलाई सचेत पार्दै मतदान गर्न सघाउने, नयाँ मतदाताले मतदान गर्ने तरिका बारे जानकारी दिँदै निर्वाचन वातावरण तयार गर्न नमुना मतदान गरिएको हो ।
पहिलोपटक मतदानगर्नेहरु सहभागी भएको नमुना मतदानमा निर्वाचन प्रहरीको भूमिका, मतदान कर्मचारीले गर्नुपर्ने काम र सुरक्षाको जिम्मेवारी पुरा गरेर नमुना मतदान गरिएको थियो ।
नमुना मतदान हेर्न स्थानीयबासीको सहभागिता थियो । नमुना मतदानमा मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मा, प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सुरक्षा निकायका प्रमुखहरु, संचारकर्मीहरु, सहभागी हुनुभएको थियो ।











प्रतिक्रिया