काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नयाँ शक्तिका नाममा भइरहेको चर्चालाई ‘होहल्ला’को संज्ञा दिएका छन् ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्ताे संज्ञा दिएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने र उत्पीडित वर्गको हक–अधिकार सुनिश्चित गर्ने आफ्नो पार्टी नै मुलुकको सबै भन्दा नयाँ र प्रगतिशील शक्ति भएको दावी गरे । उनले महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुस्लिम -थारूलाई पहिचान र अधिकार दिने एकमात्र पार्टी आफ्नो भएको जिकिर गरे । राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै उहाँले तथाकथित नयाँ भन्नेहरूकै कारण देश संकटमा परिरहेको टिप्पणी गरेका छन् । विचार- एजेण्डाका आधारमा मात्र को नयाँ र काे पुरानो भन्ने छुट्याउनुपर्ने तर्क गरे ।
उनले राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति नै वास्तविक नयाँ भएको स्पष्ट पारेका छन् । संयोजक दाहालले परिवर्तनको माध्यममा बसेर परिवर्तनकै वाहकहरुलाई गाली गर्नेहरु नयाँ हुन नसक्ने बताए । देश अहिले संकटमा रहेको पनि बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै तथाकथित नयाँ भन्नेहरुकै कारण देश संकटमा रहेको टिप्पणी गरे ।











प्रतिक्रिया