काठमाडौं ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयमा शान्तिपूर्ण विद्यार्थी आन्दोलन दबाउन प्रहरी प्रयोग गरी विद्यार्थी नेताहरूलाई पक्राउ गरिएको भन्दै कडा विरोध जनाएको छ।
संगठनका अनुसार शुल्क शोषणविरुद्ध ३४ दिनसम्म चलेको आन्दोलन २०८२ भदौ १० गते विश्वविद्यालय प्रशासनसँग लिखित सहमति भएपछि स्थगित गरिएको थियो। तर सहमति कार्यान्वयन गर्नुको सट्टा आन्दोलनका अगुवा दिनेश ऐर, तेजप्रकाश संज्याल, शिवराज भट्ट र विक्की विष्टलाई पक्राउ गर्नु प्रशासनको दमनकारी चरित्र भएको आरोप लगाइएको छ।
अखिल (क्रान्तिकारी) ले पक्राउ परेका सबै विद्यार्थी नेताहरूलाई तुरुन्त बिना सर्त रिहा गर्न, सहमति कार्यान्वयन गर्न तथा शुल्क शोषण अन्त्य गर्न माग गरेको छ। माग पूरा नभए क्याम्पसभन्दा बाहिरसम्म आन्दोलन विस्तार गर्ने चेतावनी संगठनले दिएको छ।












प्रतिक्रिया