सिन्धुली।
सिन्धुलीको सुनकोशी गाउँपालिकामा ५ खहरेगाउँको सहिदगेट–अमारे भित्री सडक खण्डमा हिजो भएको सिङ्गलक्याप बोलेरो दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
अमारेबाट गौखर्क तर्फ कुलपुजाको लागी जाँदै गरेका यात्रु बोकेको मधेश प्रदेश्र.०३–००१ च ८५०० बोलेरो अनियन्त्रित भई सडकबाट २ सय मिटर तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भिर घाइते भएका सुनकोशी गाउँपालिका – ६ का अन्दाजी ३३ बर्षका रामकृष्ण नेपालीको धुलिखेल अस्पतालमा उपचारको क्रममा राती सवा ११ बजे मृत भएको हो । दुर्घटनामा परी घाइते भएका अरु २० जनाको उपचार भइरहेको सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
दुर्घटनाका घाईतेहरुलाई इलाका प्रहरी कार्यालय खुर्कोटबाट पहरी निरीक्षक वसन्त बहादुर भुजेलको कमान्डमा १० जना र प्रहरी चौकी रातामाटबाट प्रहरी सहायक निरीक्षक टेम प्रसाद तिमल्सिनाको कमान्डमा गएको ४ जनाको टोली र स्थानियहरुले उद्धार गरी अस्पताल पठाएका थिए ।











प्रतिक्रिया