काठमाडौँ ।
नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का देखि मध्यम हिमपातसहित वर्षाको सम्भावना छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने अनुमान गरिएको छ।
हिमपातका कारण चिसो बढ्नुका साथै दैनिक जनजीवन, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।











प्रतिक्रिया