गैंडाकाे आक्रमणबाट युवक घाइते

94
Shares

नवलपरासी

जिल्लाको दक्षिणी क्षेत्र अमलटारीमा मंगलबार अपरान्ह गैंडाकाे आक्रमणमा परि स्थानीय एक युवक घाइते भएका छन् । घाइते हुनेमा कावासोती १७ का ४० वर्षीय हेम बहादुर कुमाल रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।

प्रहरीका अनुसार घरनजिकै खेतमा घाँस काट्दै गरेका कुमाललाई गैंडाले एक्कासि आक्रमण गरी  घाइते बनाएपछि उपचारार्थ मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ ।