निर्वाचन आयोगद्वारा १६५ निर्वाचन क्षेत्रको मतदाता विवरण सार्वजनिक, कुनमा कति ?


काठमाडौँ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन् । यो संख्या फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनेहरूको भएको निर्वाचन आयोगले जनाएको छ ।

मंगलबार आयोगले क्षेत्रगत रूपमा मतदाता संख्याको विवरण सार्वजनिक गरेको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये रामेछापमा सबैभन्दा धेरै एक लाख ८७ हजार ९५२ मतदाता छन् । रामेछाप एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

त्यसपछि अर्घाखाँचीमा एक लाख ७१ हजार ६५२ मतदाता छन् । अर्घाखाँची पनि एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका आयोगले जनाएको छ । मनाङमा पनि एउटा मात्र निर्वाचन क्षेत्र छ ।

matdata-nnm