काठमाडौँ ।
लगातार दुई दिनको गिरावटपछि मंगलबार सुनको मूल्य बढेको छ। सुन प्रतितोला ३ हजार ७ सय रुपैयाँले बढ्दै २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ।











प्रतिक्रिया