काठमाडौँ ।
नेपाली कांग्रेसले पार्टीको जनमत र स्थानीय अवस्था बुझ्न सातै प्रदेशमा नेताहरूलाई खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको निर्वाचन परिचालन समितिले प्रदेशगत रूपमा नेताहरू पठाएर जनमत कमजोर भएका स्थानमा सुधारका उपाय खोज्न थालेको हो ।
सहमहामन्त्री डा. डिला संग्रौला पन्तका अनुसार नेताहरूले स्थलगत रूपमा जिल्ला तथा निर्वाचन क्षेत्रमा छलफल गरी वस्तुस्थितिको विवरण केन्द्रमा बुझाउनेछन् । त्यसका आधारमा केन्द्रले प्रचार–प्रसार र निर्वाचन रणनीति तय गर्ने तयारी गरेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्तमान तथा निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारीहरू खटिएका छन् । सबै प्रदेशबाट प्राप्त प्रतिवेदनपछि कांग्रेसले पुनः केन्द्रबाट कार्यक्रम तय गरी मैदानमा जाने जनाएको छ ।











प्रतिक्रिया