बाजुरा ।
बाजुराको उपल्लो क्षेत्रमा बस्ने भोटे जनजातीको मौसमी वसाइँ सराइँका कारण फागुन २१ गतेको आसन्न प्रतिनीधिसाभा सदस्य निर्वाचनमा मतदानबाट बञ्चीत हुनसक्ने संकेत देखिएको छ। मौसमी वसाइँसराइँ सहित बेशी तिर झरेपछि उनिहरु मतदानमा सहभागी हुन नसक्ने भोटे जनजाती समाज बाजुराका पूर्व अध्यक्ष नृप थापा (भोटेले) भने ।
प्रम्परागतरुपमा गत मंंसिर देखि चैत्र सम्म हाम्रो समुदायका प्रायजसो मान्छे भेडावाख्रा सहित जहान परिवार बेशी तिर झर्ने गर्छन् । मंसिरमा जाने र चैत्रको अन्तिम तिर घर फर्किन प्रम्परा छ । मतदान गर्नकै लागि आगामी फागुन भित्र फर्किने सम्भावना कम छ उनले भने । अछाम ,बाजुरा र डोटी क्षेत्रको वेशीतिर छन् । त्यहाँबाट गाइबस्तु लिएर फर्किन त्यतिवेला यता चिसो घटेको हुंदैन , बस्तुभाउ छोडेर आउन सम्भावना छैन । त्यसैले हाम्रो समुदायका लागि यो समय उपयुक्त भएन थापाले भने ।
बडिमालिका नगरपालिका वडानं सात ढम्कनेका कलक बोगटीका भेडा अछामको मगलशैन क्षेत्रमा छन् । मंगलसैनबाट भेडा सहित आउन कम्तीमा एक हप्ता लाग्छ। भेडा जिम्मा लगाएर आउँ चोरी हुने डर छ । अछामबाट रित्तै आउन जान कम्तिमा तिन दिन लाग्छ । सम्पति अर्काको जिम्मा लगाएर भोट खासाल्न कसरी आउने ? कलक बोगटीले भने । नेताहरु यतिवेला फोन त गर्छन् तर पाँच सय भेडाको बथान छोडेर बाजुरा मतदान गर्न बोलाउने सम्भावना छैन उनले भने ।
त्यस्तै पाण्डुसैनका प्याम्बा गुरुङ्गका पाठा चौखुट्या डोटी छन्। चैत्र सम्म पाण्डुसैनमा हिउँ जम्ने भएकाले फागुनमा पाठा लिएर आउने सम्भावना छैन । यो हाम्रा लागि प्रतिकसल समय हो पेम्वाले भने । विगतमा दिनको पाँच सय रुपैंया दिएर स्थानीयको जिम्मा लगाएर आएको अनुभव सुनाउदै पेम्वाले भने दिनमा पाँच सय तिर्दा पाँच हजार रुपियाँको क्षेती हुन्छ ।
भोटे जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृप थापका अनुसार पाँच सय बढी परिवार बसोवास गर्छन् । बाजुरामा २७ सय बढी मतदाता रहेका छन् । ६÷७ सय भन्दा बढी मतदानमा सहभागी नहुन सक्छन् पूर्व अध्यक्ष थापाले बताए । बाजुरामा बडिमालिका नगरपालिका ७ ढम्कने, बुढिनन्दा नगरपालिका १,२,३,७,८,९, १० र हिमाली गाउँपालिका २ र ३ लगायतछिमेकी जिल्ला हुम्लामा भोटे जनजाति बस्ने गरेका छन् । उनीहरु हिउँदमा हिमपात हुने भएकाले चिसो छल्न बेसी तिर झर्छन् । गाउामा चरिचरनको अभाव र हिउपर्ने हुंदा प्रम्परादेखि ब्यवसायिक भेडापालक बेशीतिर झर्ने परम्परा छ।
भोटे जनजाति समुदायका अगुवा भन्छन्, हाम्रा लागि फागुन २१ उपयुक्त मतदान समय भएन। हाम्रा लागि बैशाखपछि मात्र उपयुक्त हुने थियो, सरकारले भने चुनाव तोकिसकेको छ, अब घरमा भएकाले भोट हाल्छन् होला, अछामको साँफेबगर पुगेका कर्ण बोगटीले भने ।
बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक सय १८ वटा मतदान केन्द्र कायम भएका छन् । निर्वाचन आयोगले अद्यावधिक गरेको मतदाता नामावली विवरण अनुसार जिल्लाभर कुल ८७ हजार ८ सय ६१ जना मतदाता रहेका छन् ।
जसमा पुरुष ४५ हजार ४ सय २८, महिला ४२ हजार ४ सय ३१ र अन्य २ जना मतदाता छन् ।
बुढिनन्दा नगरपालिकाको साविकको पाण्डुसैन , डोप्क , भिउपानी र हिमाली गाउँपालिकाकोे लाम्पाटा,र छिमेकी जिल्ला हुम्लाका प्राय जनजातीहरु ५ महिना वेशी तिर झर्छन् । बैशाख एक महिना मात्र आफ्नो स्थायी थलोमा पुग्छन् । जेठ देखि असोजसम्म उच्च हिमाली भेड बडिमालिका बुढिनन्दा , रानीसैन लगायत चिनको सिमाना ताख्लाखार सम्म पुग्ने गर्दछन् ।













प्रतिक्रिया