सरकारि छाप किर्ते गरि नक्कली सिमापास बनाई केरूङ जाँदै गर्दा अनुसन्धान काे क्रममा एक व्यक्ति पक्राउ


धुन्चे ।

रसुवा सरकारि छाप किर्ते गरि नक्कली सिमापास वनाई केरूङ जाँदै गर्दा नेपाल प्रहरिले विषेश अनुसन्धान गर्ने क्रममा एक व्यक्ति पक्राउ गरेका छन ।

जिल्ला प्रहरी कार्यालय रसुवा का सुचना अधिकारी प्रहरी नायव निरिक्षक राजु शाहका अनुसार अेाखलढुङगा जिल्ला काे सिजि जेम्वा गाउँपालिका वडा नम्बर ८ घर भएका कर्मा साङगे शेर्पा लाई गत माघ १५ गते सरकारि छाप किर्ते वनाई नक्कली कागजात सहित सिमापास वनाएर केरूङ जाने क्रममा उनलाई पक्राउ गरि मुद्वा चलाईएकाे छ ।

शेर्पालाई पक्राउ गरि सरकारि छाप किर्ते गरेकाे अनुसन्धान काे क्रममा भेटिएकाले मुद्वा चलाईएकाे हाे प्रहरी निरिक्षक शाहले वताउदै अनुसन्धान काे क्रममा सवै प्रमाण जुटाई उक्त व्यक्ति काे वयानका लिई सकेपछि कारागार चलान गरिने छ ।