टी २० विश्वकप खेल्ने टोलीको टुंगो

0
Shares

महिला टी २० विश्वकप ग्लोबल छनोटको उपाधि बंगलादेशले जितेको छ । यस प्रतियोगितामा १० टोलीले सहभागिता जनाएकोमा बंगलादेश शीर्ष स्थानमा रहेर उपाधि जितेको हो ।

सुपर सिक्समा रहेका ६ टोलीमध्ये शीर्ष चार टोलीहरू आगामी महिला टी २० विश्वकपमा छनोट पनि भए । बंगलादेश, आयरल्यान्ड, स्कटल्यान्ड र नेदरल्यान्ड्स शीर्ष चारमा रहेर विश्वकपमा छनोट भएका हुन् ।

योसँगैं इंग्ल्यान्डमा आगामी १२ जूनदेखि हुने यस विश्वकपमा खेल्ने सबै १२ टोलीको पनि टुंगो लागेको छ । यस प्रतियोगितामा पहिले नै शीर्ष वरीयताको आधारमा सीधै छनोट हुने ८ टोलीहरू इंग्ल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, वेस्ट इन्डिज र श्रीलंका हुन् ।

नेपाल पहिलो चरणबाटै बाहिरिएको

नेपालमै आयोजना भएको हुँदा प्रतियोगितामा घरेलु टोलीले राम्रो खेल्ने अपेक्षा गरेको थियो । तर, नेपाल समूह चरणबाटै बाहिरिँदा विश्वकप खेल्ने सपना अधुरै रह्यो ।

नेपालको समूह चरणमा स्कटल्यान्ड, थाइल्यान्ड र नेदरल्यान्ड्ससँग हार भएको थियो भने जिम्बाब्वेलाई हराएको थियो । नेपाल समूहमा चौथो स्थानमा रहेको थियो ।

यस्तै, समूह चरणबाट बाहिरिने अन्य टोलीहरूमा नामिबिया, पपुआ न्युगिनी र जिम्बावे हुन् । सुपरसिक्सबाट बाहिरिनेमा थाइल्यान्ड र अमेरिका हुन् । सुपरसिक्समा कथाइल्यान्डले कुनै पनि खेल जित्न सकेन भने अमेरिकाले एक खेल मात्रै जितेको थियो ।