काठमाडौं ।
काठमाडौं महानगरपालिका-३२ बालकुमारी पुलस्थित सडकमा बा।प्र।०३-०२६ च १७०६ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ देवानगढीयास्थित सडकमा लु।१९ प ५८२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-८ देवानगढीया बस्ने २२ वर्षीय बिरेन्द्र हरिजनको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।गोरखा, आरूघाट गाउँपालिका(३ घुमाउनेस्थित सडकमा ग।१८ प ३५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक धार्चे गाउँपालिका(२ केरौजा बेसी बस्ने ३० वर्षीय मन बहादुर गुरूङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको आरूघाट आधारभूत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।झापा, बिर्तामोड नगरपालिका(७ खोपवारीस्थित सडकमा प्याकुरेल चोकबाट बुट्टावारीतर्फ जाँदै गरेको प्र।१-०१-०१३ प ९१९९ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बस्ने ३५ वर्षीय शुभाष मादेनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएनसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया