म बोलेर होइन् गरेर देखाउँछु : नेकपा एमाले क्षेत्र ३ का उम्मेदवार सन्दन थापा मगर


ललितपुर ।

सो जिल्ला क्षेत्र नं ३ नेकपा एमाले प्रतिनिधि सभाका उम्मेदवार सन्दन थापामगरले आफू बोलेर होइन समाजका लागि केही गरेर देखाउने व्यक्तिमा पर्ने दाबी गर्नुभएको छ ।

आसन्न निर्वाचनमा आफू विजयी भएर सांसद भएपछि सो जिल्लाका लागि नयाँ नयाँ योजना अघि बढाउने भएको सुनाउनुभएको हो ।
उहाँले भन्नुभयो, “मैले २० औँ वर्ष भयो यस क्षेत्रका जनताको सुखदुःखमा खेल्दै आइरहेको छु । यस क्षेत्रमा के काम गर्नुपर्छ । के कस्ता योजना आवश्यक छन् ? भन्ने कुरामा म धेरै जानकार रहेको छु ।” सो स्थानमा आफूले सामाजिक कार्यकर्ता भई काम गर्दै आइरहेकाको बताउँदै नेकपा एमाले पार्टीले उक्त कुराको मध्यनजर गरी आफूलाई पार्टीले टिकट दिएको थापामगरको मत रहेको छ ।

दुईदशक अघिदेखि राजनीतिमा आफू लागेको बताउने थापा मगरले सो क्षेत्रमा विकास निर्माणको काम गर्न अब्बल सावित भइसकेको जिकिर गर्नुभएको छ । उहाँले थप्नुभयो, “फागुन २१ को निर्वाचमा विजय प्राप्त गरेपछि मैले उत्कृष्ठ ललितपुर बनाउने सोच अघि बढाइसकेको छु । मेरा आठपुस्ता देखि ललितपुरमा बस्दै आउनुभएकाले यहाँका हरेक कुरामा म चिरपरिचित पनि छु ।” उक्त क्षेत्रमा आफूजतिको योग्य उम्मेदवारको खाँचो रहेको बताउने थापामगरले हरेक जनताबाट सकारात्मक जवाफ पाउने गरेको सुनाउनुभयो ।

थापामगर वि.सं २०५९ सालमा अनेरास्ववियूको संगठित सदस्य तथा २०६५ सालमा पाटन संयुक्त क्याम्पस स्ववियू सदस्य एवं वि.सं २०६९ मा पाटन क्याम्पस स्ववियू सभापतिको उम्मेदवार एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सो जिल्ला अध्यक्ष हुनुका साथै महानगर वडा नं २ को जिल्ला इन्चाज समेत भइसक्नुभएको छ ।

राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्नुभएको थापामगरमा मुलुक विकासको लागि कसरी अघि बढ्नुपर्छ भन्ने ज्ञान समेत रहेको छ । वि.सं २०६४ देखि २०८० सम्म नेपालकै उत्कृष्ठ झम्सिखेल महोत्सव गराउन सफल भइसकनुभएको उहाँले सो स्थानमा जनताको ‘मन मनमा आफू अघि बढिसकेको’ औल्याउनुभएको छ ।

थापामगरले खेलजगत हुँदै सामाजिक तथा धार्मिक क्षेत्र र फोहरमैला व्यवस्थापन आदिमा समेत प्रत्यक्ष रुपमा संलग्न भइ निकै काम गरिसक्नुभएको छ ।

वि.सं २०६६ मा थापामगरले लामो समय देखि साङ्गीतिक क्षेत्रमा लाग्नुभएका स्वर्गीय गायक अरुण थापा मगरको स्मृतिमा झम्सिखेल चोकमा शालिक अनावरण गराई देशभर आफ्नो नाम चर्चामा पु¥याइसक्नुभएको छ ।

योग्य र सक्षम व्यक्तित्वका रुपमा परिचित थापामगर लामो समयदेखि सामाजिक काममा निरन्तर क्रियाशील एवं अनुशासित भए बापत ‘ललितपुर मिड टाउन रोटरी क्लब’ ले समेत उहाँलाई सदस्य बनाई विभिन्न कामको जिम्मा दिएको थियो ।

थापामगरलाई सो क्षेत्रका जनताले ‘अब पालो तपाईको हो । हामीले एक पटक अरु उम्मेदवारलाई हेरीसकेका छौँ ।’ भनेकाले उहाँका आसन्न निर्वाचनका लागि हरेक घरदैलोमा मत माझ मत माग्न व्यस्त हुनुहुन्छ ।

उक्त जिल्ला अन्तर्गतको क्षेत्र नं ३ मा ४९ हजार चार सय ११ महिला र ५३ हजार २६ पुरुष गरी कूल एक लाख दुई हजार चार सय ३७ मतदाता रहेका छन् ।

थापामगरको क्षेत्रमा ललितपुरका खुबै प्रचलिन नाम चलेका स्थान कुपन्डोल हुँदै पाटनढोका, झम्सिखेल, सानेपा, धोवीघाट, सातदोबाटो, हरिसिद्धि, ठैब, सुनाकोठी, थेचो, नख्खु, कुसुन्ती खोकना बुङमती र चुनिखेल पर्नेगर्छन ।