काठमाडौँ ।
स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख र चाँदीको मूल्य रु पाँच हजार ५०० कायम भएको छ ।
शुक्रबार एक तोला सुन रु तीन लाख १८ हजार ८०० र चाँदी रु सात हजार ६५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि आज सुन र चाँदीको मूल्य घटेर क्रमशः एक औँस सुन ४,८६५ अमेरिकी डलर र चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।











प्रतिक्रिया