गुल्मी–२ मा गोकर्ण विष्टको सामना नयाँ अनुहारसँग


काठमाडौं ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत गुल्मी–२ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले सबै नयाँ प्रतिस्पर्धीसँग सामना गर्ने भएका छन्। एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका विष्ट यस क्षेत्रबाट छैटौँ पटक निर्वाचन प्रतिस्पर्धामा छन्।

२०५६ सालदेखि निर्वाचन लड्दै आएका विष्ट २०६४ बाहेक सबै निर्वाचनमा विजयी भएका छन्। यसपटक विष्टसँग नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेकपाका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी मुख्य प्रतिस्पर्धी छन्। गुल्मीमा १० दल र १२ स्वतन्त्र गरी २२ उम्मेदवार चुनावी मैदानमा छन्।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा विष्टले २८ हजार ४ सय ७६ मत ल्याएर विजयी भएका थिए। यस क्षेत्रमा यसपटक विष्टका सबै प्रतिस्पर्धी नयाँ भएकाले चुनावी प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।