फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन


काठमाडौं ।

डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र एन्जल्स हार्ट सिमोन स्मृति दोश्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन् । फेरिल्यान्ड जुनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बूढानीलकण्ठ नगरपालिका, १० को बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । फेरिल्यान्ड ‘ए’ को जितमा सन्दिपा राईले १० अंक योगदान गरिन् । फेरिल्यान्ड ‘बी’ तेश्रो भयो ।
जुनियर ब्वाइजको उपाधि भिडन्तमा सौरव श्रेष्ठको ८ सहयोगमा एन्जल्स हार्टले जेबी स्कुललाई २०–१६ ले हरायो । फेरिल्यान्ड तेश्रो स्थानमा रह्यो । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सौरव र सन्दिपा आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

जुनियर ब्वाइजमा फेरिल्यान्डका मिङमार तामाङ तथा जुनियर गल्र्समा भ्याली पब्लिककी सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए । जुनियर ब्वाइजमा जेबी स्कुलका हरि मगर तथा जुनियर गल्र्समा फेरिल्यान्डकी करुणा बोगटी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) तथा जुनियर गल्र्समा हिमशिलाले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा ज्ञानभूमि र जुनियर गल्र्समा न्युटन ‘इमर्जिङ टिम’ चुनिए ।