काठमाडौं ।
गेटवे इन्टरनेसनल एकेडेमीले प्रथम क्याम्ब्रिज कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
पुरानो बानेश्वरको रोहिनी मार्गस्थित आयोजक क्याम्ब्रिज पब्लिक हाइ स्कुलमा भएको फाइनलमा गेटवेले नेक्सस इन्टरनेसनल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित ग¥यो ।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । उपाधिसंगै गेटवेले ३० हजार तथा नेक्ससले २० हजार नगद पुरस्कार हात पारे ।
पिस प्वाइन्टले अवेरनेस इन्टरनेसनल एकेडेमी (एआईए) लाई ५–१ गोलले हराउदै तेश्रो भयो । पिस प्वाइन्टले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
गेटवेका अनुप तामाङ उत्कृष्ट खेलाडी तथा गेटवेकै सौगात कार्की उत्कृष्ट गोलरक्षक घोषित भए । पिस प्वाइन्टका सुरज रेग्मी सर्वाधिक गोलकर्ता बने ।











प्रतिक्रिया