कास्की ।
गण्डकी प्रदेश छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ च्याम्पियन बनेको छ । नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै गण्डकी च्याम्पियन बनेको हो । यो गण्डकीको टाइगर कपमा तेस्रो उपाधिसमेत हो ।
पोखरा रंगशालाको भलिबल कोर्टमा शनिबार भएको फाइनलमा गण्डकीले पुलिसलाई २३–२५, २८–२६, २५–२२,२५–१७ ले हराएको थियो । गण्डकीले ६ लाख ६६ हजार ६ सय ६६ नगद जित्दा पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हासिल गरेको थियो ।
यस्तै, पहिलोपटक सहभागितामा रहेकोे पर्वत भलिबल संघले तेस्रो स्थान हासिल ग¥यो । त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पर्वतले तेस्रो स्थान प्राप्त गरेको थियो । योसँगैं पर्वतले २ लाख ६६ हजार ६ सय ६६ रुपियाँ हासिल गरेको थियो ।
अघिल्लो दिन महिलातर्फ फाइनलमा पुलिसलाई ३–० को सोझो सेटमा हराउँदैं टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबले उपाधि जितेको थियो । यो एक महिनामा लगातार तेस्रो फाइनलमा न्यु डायमण्डले पुलिसलाई हरायो । गत महिना न्यु डायमण्डले एनभिए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबलमा पुलिसलाई नै हराएको थियो ।
न्यु डायमण्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त ग¥यो । पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ र थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाए ।











प्रतिक्रिया