काठमाडौं ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा हुस्सु कायम रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।











प्रतिक्रिया