काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निर्वाचन गर्न अग्रसर नभएको आरोप लगाउनुभएको छ। नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उहाँले सरकारको कामकाजप्रति कडा टिप्पणी गर्नुभयो।
उहाँले सरकारले “एउटा पनि राम्रो काम नगरेको” र “नराम्रो कामको डंगुर बनेको” बताउँदै, फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन उच्च हिमाली तथा पहाडी क्षेत्रमा व्यावहारिक नरहेको बताउनुभयो। साथै, निर्वाचन मिति तोकिए पनि यसको व्यावहारिकता शंकास्पद रहेको उहाँको भनाइ थियो।











प्रतिक्रिया