काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी निर्वाचनमा राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा निजी क्षेत्रका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। शनिवार पत्रकार सम्मेलनमा ढकालले निजी क्षेत्रविना मुलुकको आर्थिक स्थायित्व, सुशासन र दीर्घकालीन समृद्धि असम्भव हुने बताएका छन्।
उनले निजी क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब ८१ प्रतिशत योगदान र ८६ प्रतिशत रोजगारी सिर्जना गर्दै आएको उल्लेख गर्दै, यसलाई उपेक्षा गर्दा आर्थिक पुनरुत्थान चुनौतीपूर्ण हुने बताए। ढकालले निजी क्षेत्रलाई रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व योगदानकर्ता र सम्पत्ति निर्माणकर्ताको रूपमा सम्मान गर्दै मनोबल उच्च राख्नुपर्नेमा जोड दिएका छन्।











प्रतिक्रिया