काठमाडौं ।
आगामी फागुन २१ गते हुने निर्वाचन लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई सबै जिल्ला र निर्वाचन क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यस कदमले निर्वाचनमा प्रभावकारी नतिजा ल्याउन सहयोग पुर्याउनेछ।
चालिसेले भने, “पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो। विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व उदाउँछन् र त्यसैबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।” उनले आगामी निर्वाचनमा नागरिकको मत निर्णायक हुने बताए र कांग्रेस देशको भविष्य सुनिश्चित गर्ने विश्वासका साथ चुनावी मैदानमा उत्रेको पनि जनाए।











प्रतिक्रिया