आगामी चुनावमा देश हार्न हुँदैन, देश बनाउने कित्तामा लागौँ : अध्यक्ष ओली


काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश “जलाउने कि बनाउने” भन्ने प्रतिस्पर्धा हुने बताएका छन्। चाबहिलमा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, “१६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।”

ओलीले आफ्नो प्रतिद्वन्द्वीलाई इङ्गित गर्दै संगठन, उद्देश्य र बिचारविहीन आलोचकको टिप्पणी गरे र देश बिगार्ने क्रियाकलाप नगर्न आग्रह गरे। उनले भने, “हामी देशका लागि काम गर्छौं, जनतासँग छौं र देशलाई समृद्ध, सुरक्षित र सुखी बनाउनेतर्फ अघि बढ्छौं।”