अस्मिता थापाद्वारा ओखलढुंगाको विकास र महिला–युवा सशक्तीकरणमा जोड


काठमाडौं ।

नेकपा एमालेकी केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा तथा महिला सशक्तीकरणलाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता जनाउनुभएको छ।

शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उहाँले ओखलढुंगालाई आफैं नेतृत्व गर्दै सीमा क्षेत्रका सडक निर्माण र पालिकास्तरमा कालोपत्रे गरी अघि बढाउने योजना रहेको बताउनुभयो।

उहाँले एकै गाउँपालिकाका बासिन्दाले तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्य राखिएको पनि स्पष्ट पार्नुभयो।