“हिंसा र आगजनीले युक्रेन बनाउँदैछ: राजन भट्टराई”


काठमाडौं ।

नेकपा एमालेका सचिव तथा काठमाडौं–४ क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देशलाई युक्रेन जस्तो संकटपूर्ण अवस्थामा पुर्याउन सक्ने चेतावनी दिनुभएको छ।

नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा सम्बोधन गर्दै डा. भट्टराईले मतदातालाई विभिन्न भ्रम र लाञ्छनाबाट अलमलिन नहुने पनि आग्रह गर्नुभयो। उहाँले मुलुकलाई यस्ता गतिविधिबाट जोगाउन विवेकपूर्ण मतदानको आवश्यकता रहेको जोड दिनुभयो।