सुधार स्टन्टले होइन, कानुनले सम्भव छ : सभापति थापा


काठमाडौं ।

नेपाली काँग्रेसका सभापति गगन थापाले प्रणाली सुधारका लागि सही कानुन बनाउनु आवश्यक रहेको बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्तासँगको भेटघाटमा उनले स्टन्ट गरेर सुधार सम्भव नभएको स्पष्ट पारेका हुन्।

थापाले सार्वजनिक संस्थाहरूमा हुने आर्थिक कारोबार पारदर्शी बनाउन स्टन्ट वा चटक देखाएर होइन, सही कानून र प्रक्रिया निर्माण गरेर मात्र सम्भव हुने बताएका छन्।