काठमाडौं ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर राजनीतिक गतिविधि तीव्र बनेको छ, जसको प्रत्यक्ष असर स्थानीय अर्थतन्त्र र सेयर बजारमा देखिन थालेको छ। तराई–मधेशका गौशाला, बर्दिवासलगायत क्षेत्रका होटल, यातायात, छपाइ र प्रचार सामग्रीसम्बन्धी व्यवसायमा उल्लेख्य चहलपहल बढेको छ।
निर्वाचन प्रयोजनका लागि सरकारले १९ अर्ब १५ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेसँगै अर्थतन्त्रमा अस्थायी चलायमानता आएको छ। यही चुनावी आशाको प्रभाव सेयर बजारमा पनि देखिँदा पछिल्ला दिनहरूमा नेप्सेमा उच्च कारोबार भएको छ। राजनीतिक स्थायित्व, नयाँ सोच र युवा नेतृत्वप्रतिको अपेक्षाले लगानीकर्ताको मनोबल बढाएको विश्लेषकहरू बताउँछन्।
जेन–जी आन्दोलनबाट उत्पन्न नयाँ राजनीतिक चेतना र निजी क्षेत्रमैत्री नीतिप्रतिको विश्वासले चुनाव नजिकिँदै जाँदा बजार थप उत्साहित हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया