काठमाडौँ ।
बागलुङमा यस वर्ष रु २६ करोड ९० लाख बराबरको सुन्तला उत्पादन भएको छ । सुन्तलाखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा अघिल्लो वर्षको तुलनामा रु ४४ लाखले उत्पादन वृद्धि भएको हो । औसा किराको प्रकोप न्यून हुनु, समयमै वर्षा हुनु र बाँझो जमिनमा सुन्तलाखेती विस्तार हुनु उत्पादन बढ्नुका मुख्य कारण रहेका छन् ।
कृषि ज्ञान केन्द्र बागलुङका अनुसार यस वर्ष ४ हजार १६९ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । किसानले न्यूनतम प्रतिकिलो रु ६५ मा सुन्तला बिक्री गरेका छन् । कोदो, मकै र गहुँ फल्ने बारीमा सुन्तलाखेती बढ्दै जाँदा जिल्लाको काठेखोला, बागलुङ नगरपालिका र जैमिनी क्षेत्रमा उत्पादन उल्लेख्य रहेको छ ।











प्रतिक्रिया