पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, तराईमा हुस्सु र पहाडमा आंशिक बदली


काठमाडौँ । 

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।