युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन


काठमाडौँ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको उपस्थितिमा भएको बैठकमा अध्यक्ष क्षितिज थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरे ।

सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित थेबे आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट एमालेका तर्फबाट उम्मेदवार बनेपछि नेतृत्व हस्तान्तरण गरेका हुन् ।

अध्यक्षको जिम्मेवारी पाएलगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ पनि लिएका थिए ।