धनकुटा।
कोशी लोकमार्गअन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमानामा पर्ने त्रिशुलेमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको यात्रुबाहक बस त्रिशुलेमा आइपुगेपछि अनियन्त्रित भई सडकबाट करिब ७ मिटर तल पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका ६ जनाको हिलेस्थित उज्यालो सामुदायिक पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा चालकसहित १५ जना यात्रु सवार थिए। बस चालक सुनसरीको धरान उपमहानगरपालिका–७ का विष्णु थापालाई नियन्त्रणमा लिई प्रहरी चौकी हिलेले घटनाबारे अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया