काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता व्यक्त गर्दै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरसम्बन्धी जनचेतनामूलक वेबिनार आयोजना गरेको छ । क्यान्सरबारे सही जानकारी प्रदान गर्ने, आम भ्रम हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्यसहित उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यव्रmम भारतको मेदान्त द मेडिसिटी अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको थियो । सत्रको सहजीकरण मेदान्त अस्पतालकी वरिष्ठ निर्देशक डा. कञ्चन कौरले गर्नुभएको थियो। यस वेबिनारमा कुल ५ सय १३ जना महिला कर्मचारीको सक्रिय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकले जनाएको छ ।
त्यस्तै पुरुष कर्मचारीका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक वेबिनार पनि सञ्चालन गरिएको थियो । उक्त सत्रको सहजीकरण मेदान्त अस्पतालका वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले गर्नुभएको थियो ।











प्रतिक्रिया