शहीद दिवसमा प्रधानमन्त्रीद्वारा शहीदप्रति श्रद्धाञ्जली


काठमाडौँ ।

शहीद दिवसको अवसरमा आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले शहीद स्मारक लैनचौरमा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

इतिहासका विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रताका लागि ज्यान अर्पण गर्ने वीर शहीदको सम्मानमा साताव्यापी कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको अन्तिम दिन शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा सम्पन्न भएको हो । सभामा प्रधानमन्त्रीसहित मन्त्री, उच्च सरकारी अधिकारी, जनप्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।

शहीद दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।